My Opera is closing 1st of March

hi all i m new here please ...what 2 say?

hi

Subscribe to RSS feed

corruption

लौ पढ्नुस् अर्का मन्त्रीको कर्तुत,
यी मन्त्री पनी कती धेरै
भ्रस्टाचारी होलान भन्ने सजिलै
अनुमान लगाउन सकिन्छ.... चाडपर्वका उपलक्ष्यमा दिने
शुभकामना खामभित्र के होला?
भन्नुहोला कार्ड! स्वास्थ्य
तथा जनसंख्यामन्त्री राजेन्द्र
महतोले दिने शुभकामना खाममा भने
शुभकामना कार्डसँगै हजारका केही नोट पनि रहेछन्।
शनिबार मलाई सहयोगी मार्फत्
बोलाएर महतोले यस्तै खाम थमाए।
खामभित्र कार्डबाहेक नगद
पनि होला भन्ने मैले सोचेको थिइनँ। मन्त्री क्वार्टर बाहिर निस्किएर
खाम हेर्दा पैसा देखेपछि मैले
भेटका लागि बोलाउने
मन्त्रीका प्रेस सल्लाहकार निमेष
कर्णलाई तत्कालै भेटेर रकम
फिर्ता गरिदिएँ। शुभकामना कार्ड भने लिएर फर्किएँ। स्वास्थ्य रिपोर्टरलाई मन्त्रीले भेट्न
खोजेपछि नजाने कुरै भएन!
निवासमा ठूलो भीड थियो। मैले धेरै
बेर नकुरी भेट्न पाएँ। खामबाहिरै
'हार्दिक मंगलमय शुभकामना २०६८'
लेखिएको रहेछ, भित्र भने हजारहजारका पाँचवटा नोट। मैले
पैसा फिर्ता गर्दा मन्त्रीका सहयोगीहरू
अप्ठेरो पर्ने भएकाले पैसा लिइदिन
आग्रह गर्दै थिए। 'गलत नियत होइन,
चाडवाडमा धेरै पत्रकार साथीले
लिन्छन्,' उनीहरू भन्दै थिए। मन्त्री भएलगत्तै उनका सहयोगीले
भेट्ने कुरा गरेका थिए। मैले विषयबस्तुमै
छलफल गर्न
बोलाएको होला भन्ठानेँ। मन्त्रीले
लामो कुरा गरेनन्। मैले शनिबारै
नागरिकमा छापिएको विपद व्यवस्थापनसम्बन
्धी समाचारमा उनको प्रतिक्रिया लिन
खोजेँ। केही अनुभव सेयर गरेँ। मलाई
सुरूमा यस्तो छ भनेर
जानकारी गराइएको भए भेट्नै
अस्वीकार गर्थेँ र सायद प्रसंग सकिन्थ्यो। छल गरेरै खामभित्र
पैसा हालिएछ। स्रोतका अनुसार
केही दिनयता मन्त्रीले
निवासमा बोलाएर विभिन्न
सञ्चार माध्यममा कार्यरत ५०
भन्दा बढी पत्रकारलाई 'शुभकामना'
दिएका छन्। मन्त्रीका केही सहयोगीले नाम
चलेका सञ्चार
गृहका पत्रकारको नाम लिएर
'उनीहरूले लगिसकेको भन्दै स्वीकार्न'
भनेका थिए।
February 2014
M T W T F S S
January 2014March 2014
1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28